SHARE
बासुरी खबर · शनिबार ६ मंिर २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

सहकारीहरूको भविष्य अनुशासनमा निर्भर हुन्छ : नगरप्रमुख तामाङ

ज्यामिरे । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची–९ को सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारी सफल हुनका लागि सबै सदस्य अनुशासनमा रहनुपर्नेमा जोड दिनुभयो ।