SHARE
बासुरी खबर · बुधबार २६ कात्िक २०८२ ०२:३९ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा स्वास्थ्यका कार्यक्रमको वार्षिक समीक्षा : जनस्वास्थ्य कार्यालयको नेतृत्वमा दुई दिने समीक्षा सुरु

चाैतारा । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।