SHARE
बासुरी खबर · शुक्रबार​ २८ कात्िक २०८२ ०६:१२ AM · 1 मिनेट पढाइ

इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव सम्पन्न

मेलम्ची । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले स्थानीय युवालाई घरमै बसेर उच्चस्तरीय शिक्षा हासिल गर्न क्याम्पसले सिर्जना गरेको अवसरको उच्च प्रशंसा गरे ।