SHARE
बासुरी खबर · शुक्रबार​ २८ कात्िक २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

अर्बौँको राजस्व दिने तातोपानी नाका सडक सुधार कार्य कार्यान्वयनमा

सिन्धुपाल्चाेक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीसम्म पुग्ने बाह्रबिसे–लिपिङ सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य चालु आर्थिक वर्षमै अघि बढ्ने भएको छ। वार्षिक अर्बौँ रुपैयाँ राजस्व संकलन हुने यो नाका जाने मार्ग धेरै वर्षदेखि जीर्ण अवस्थामा रहेकाले सरकारले विशेष प्राथमिकताका साथ सुधार प्रक्रिया अघि सारेको हो।