काई नेपालद्वारा राउण्ड टेबलसँगको सहकार्यमा चम्पादेवी सरसफाइ अभियान सम्पन्न
विद्युतीय सवारी ब्राण्ड काई नेपालले राउण्ड टेबल नेपालसँगको सहकार्यमा चम्पादेवी हाइकिङ ट्रेल सरसफाइ तथा सचेतना अभियान सम्पन्न गरेको छ । सरसफाइमा कम्पनी प्रतिनिधि, राउण्ड टेबल नेपालका सदस्य तथा स्वयंसेवक गरी ४६ जनाको सहभागिता रहेको थियो । अभियानका क्रममा टोलीले ट्रेलभरि छरिएको फोहर संकलन गर्दै १२ बोरा फोहर संकलन गरेको छ ।
