एनपीएलको लाइभ कान्तिपुर म्याक्स टिभीबाट हुने
मङ्सिर १ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण कान्तिपुरले गर्ने भएको छ। नेपालको भूगोल भित्र कान्तिपुर म्याक्स एचडी टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको हो। युट्युबमा भने प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने छैन। डिस होम गो एप मार्फत पैसा तिरेर ओटीटी प्लेटफर्ममा प्रतियोगिताको लाइभ हेर्न सकिने छ।
