‘उत्कृष्ट कृषि पत्रकार २०८२’बाट निराज रानाभाट सम्मानित
ललितपुर । वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसूदन पौडेलले सक्रिय पत्रकार निराज रानाभाटलाई ‘उत्कृष्ट कृषि पत्रकार २०८२’ सम्मान प्रदान गरेका छन्। ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २८औं स्थापना दिवस तथा रजत जयन्तीको विशेष समारोहमा रानाभाटलाई सम्मानित गरिएको हो। कृषकका समस्या, दुग्ध क्षेत्रका चुनौती र विकासका मुद्दालाई निरन्तर आफ्नो कलममार्फत उठाउँदै आएका पत्रकार रानाभाटलाई संघले किसानको पक्षमा गरेको निरन्तर योगदानप्रति कदर गर्दै शनिबार सम्मान गरेको हो।
