चितवनमा भोलि सुनचाँदी पसल बन्द, व्यवसायीको विरोधमा व्यवसायिक भेला आयोजना हुने

अमिर रामदाम, चितवन – अव्यवहारिक कर प्रणालीको विरोधमा चितवन जिल्लाभरका सुनचाँदी पसलहरू भोलि (३ साउन) बन्द गरिने भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा पसल बन्द गर्दै व्यवसायीहरू व्यवसायिक भेलामा सहभागी हुने भएका छन्। संघका अध्यक्ष हेमबहादुर विश्वकर्माका अनुसार आज सम्पन्न सल्लाहकारसहितको बैठकको निर्णयअनुसार उक्त कदम चालिएको हो।