झापा महिला गोल्डकपमा ५८ लाख बढीको टिकट बिक्री
हिमाल खरेल/ दिपक बोहोरा, बिर्तामोड एलभिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताले घरेलु महिला नकआउटको टिकट बिक्रीबाट हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगिताका हरेक खेलमा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख ३ हजार रुपैयाँको टिकट बिक्री भएको छ ।
