लालीगुराँसको दोस्रो जित
रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिगमा दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा काठमाडौंको चित्लाङ एफसीलाई ३-० गोलले हराउँदै लालीगुराँसले लिगमा दोस्रो जित हासिल गरेको हो। लालीगुराँसका लागि लछु थापाले ३८ औं, आशिष गुरुङले ५६ औं र सुलेमन थापा मगरले ८० औं मिनेटमा गोल गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
