आइआइएमएस कलेज काठमान्डु गोर्खाजको ‘एजुकेशनल पार्टनर’
काठमाडौं (हाम्रो खेलकुद)- आइआइएमएस कलेज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ । आइआइएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आइआइएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौता हस्ताक्षर गरेका थिए ।
