सेवाको ज्ञान, सिप र अनुभव, निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरुले सेवा निवृत्त जीवनमा सेवा कालको ज्ञान, सिप र अनुभव उपयोग गर्ने अवसरले हर्षित बनाएको प्रतिक्रिया दिनुभएको छ । आज महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा उहाँहरुले यसरी खुशी व्यक्त गर्नुभएको हो ।
