SHARE
बासुरी खबर · सोमबार २४ कात्िक २०८२ ०१:३९ AM · 1 मिनेट पढाइ

टिकटकमा भाइरल ‘पहिलो हासो पहिलो बोल’, गायक आदित्य श्रेष्ठको नयाँ सफलता

सिन्धुपाल्चाेक । बाह्रबिसे नगरपालिका–९, कल्लेरीका लामो समयदेखि गीत–संगीतको क्षेत्रमा संघर्षरत गायक आदित्य श्रेष्ठको नयाँ गीत “पहिलो हासो पहिलो बोल” हाल टिकटकमा निकै चर्चा कमाइरहेको छ। यस गीतमार्फत उनले दर्शक तथा श्रोताबाट उल्लेखनीय माया र समर्थन प्राप्त गरिरहेका छन्। गायक श्रेष्ठले यसअघि पनि थुप्रै गीतहरू गाएका थिए, तर ती गीतहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेका थिएनन्।