मेलम्ची संघर्ष समिति र सरकारबिचको वार्ता सोमबार पनि निष्कर्षविहीन
काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि रोकिँदा समाधानका लागि सरकारले गरेको वार्ता पुनः निष्कर्षविहीन भएको छ। खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यको उपस्थितिमा मेलम्ची खानेपानी आयोजना, बाढीपीडित संघर्ष समिति, स्थानीयवासी र राजनीतिक दलबीच सोमबार भएको छलफल कुनै ठोस निर्णयबिना टुंगिएको हो।
