तीजको मौलिकता बोकेको गीत ‘आमाले सुने लुकेर रोलिन’ सार्वजनिक
काठमाडौं – नारी पर्व तीज नजिकिँदै गर्दा बजारमा अश्लील र समाजमा उच्छृङ्खलता फैलाउने तीज गीतहरू प्रशस्त आइरहेका बेला, त्यसको ठीक विपरीत भावनात्मक र मौलिक पक्ष बोकेको तीज गीत ‘आमाले सुने लुकेर रोलिन’ सार्वजनिक भएको छ। रञ्जना कडरियाको शब्द, सजिना लामिछानेको संगीत र सञ्जु न्यौपानेको आवाजमा प्रस्तुत यो गीतले तीज गीतको परम्परागत मौलिकता झल्काएको छ।
