शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन : सरसफाइमा ध्यान दिएको पाइएन
काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले अस्पतालभित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ । नियमित अनुगमनका क्रममा मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ। फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भोजन तयार गरिने संवेदनशील स्थानमा नै खाद्य स्वच्छतातामा ध्यान दिएको छैन ।
