SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २१ कात्िक २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया लघुवित्तमा दिवाकर भट्टराई सञ्चालक नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दिवाकर भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको छ। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार भट्टराईलाई संस्थापक समूहको तर्फबाट प्रतिनिधि सञ्चालकका रूपमा मनोनीत गरिएको हो। लघुवित्तको मिति २०८२ कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई आगामी वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार