SHARE
बासुरी खबर · बिहीबार २० कात्िक २०८२ १०:१८ AM · 1 मिनेट पढाइ

सहमति कार्यान्वयन नहुँदा मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पानी पथान्तरण रोकिदिएको छ । स्थानीय बासिन्दा, बाढीपीडित संघर्ष समिति र विभिन्न राजनीतिक दल बीच भएको पटक–पटकका सहमति कार्यान्वयन नभएपछि बिहीबार (कात्तिक २०) देखि पथान्तरण पूर्ण रूपमा बन्द गराएका हुन्।