जापान सरकारद्वारा कागेश्वरी मनोहरा नगरपालिकालाई अत्याधुनिक अग्निनियन्त्रण सवारी सहयोग
काठमाडौं । जनसुरक्षा र आपतकालीन सेवा सुदृढीकरणका लागि जापान सरकारले नेपालस्थित जापान दूतावासमार्फत एक वटा अत्याधुनिक अग्निनियन्त्रण सवारी (Fire Truck) कागेश्वरी मनोहरा नगरपालिकालाई हस्तान्तरण गरेको छ। यो सहयोग जापान सरकारको Grant Assistance for Grassroots Human Security Projects (GGP) कार्यक्रमअन्तर्गत प्राप्त भएको हो। परियोजना Volunteer Corps Nepal (VCN) मार्फत, दीपक चापागाईंको नेतृत्वमा अघि बढाइएको थियो।
