गभर्नर नियुक्तिमा सरकारको बेवास्ता, सिफारिस समितिकै सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया गम्भीर अन्योलमा फसेको छ। सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएपछि सरकारको लाचारी र प्रक्रियाप्रति देखिएको बेवास्ता थप उजागर भएको छ। राष्ट्र बैंकको नेतृत्व खाली भएको एक महिना बितिसक्दा समेत सरकारले नियुक्त गरेको सिफारिस समितिले एक पटक पनि बैठक गर्न सकेको छैन।
