SHARE
अर्थ संवाद · मङगलबार १८ कात्िक २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

निर्माण उद्योगका समस्याहरूका विषयमा अर्थमन्त्री खनाललाई महासंघको ब्रिफिङ, निर्माण उद्योगसँग सम्बन्धित अव्यवहारिक ऐन,

कात्तिक १३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले विहिवार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेटी निर्माण उद्योगमा देखिएका पछिल्ला जटिल समस्याहरू र त्यसले मुलुकको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रतिकूल प्रभावका विषयमा अवगत गराएको छ । महासंघ प्रतिनिधिमण्डलले निर्माण उद्योगका अव्यवहारिक ऐन, नियम संशोधनका लागि अर्थमन्त्री खनालको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । विशेषगरी वर्तमान सरकारबाट हाल शृङ्खलाबद्ध रुपमा ठेक्का तोड्ने सूचनाहरू जारी भए अनुसार यसबाट सिर्जना हुने बैंक ग्यारेण्टीको रकम व्यवसायी र बैंकहरूले भुक्तानी गर्न नसक्ने महासंघको भनाइ छ । यसरी हचुवाको भरमा ठेक्का तोडिँदा सबै निर्माण कम्पनीहरू कालोसूचीमा दर्ज भई समग्र निर्माण उद्योग नै समाप्त हुने हुँदा रुग्ण रहेका ठेक्काहरू सुविस्ताको आधारमा मात्र अन्त्य गरिनु पर्ने महासंघको सुझाव छ ।