SHARE
बासुरी खबर · शनिबार १५ कात्िक २०८२ ०७:५१ AM · 1 मिनेट पढाइ

मेलम्ची खाल्डेखोला खण्ड सडकको मन्त्री तामाङद्वारा शिलान्यास

मेलम्ची । मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक निर्माण कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको आयोजना अन्तर्गत उक्त सडक निर्माणको शिलान्यास बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ (समीर) ले गरेका हुन् ।