SHARE
बासुरी खबर · सोमबार १७ कात्िक २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

बाल शिक्षा माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ स्थित बाल शिक्षा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयका कक्षा ८, ९ र १० का १७७ जना विद्यार्थीहरूलाई विज्ञान विषयमा प्रयोग हुने सहयोगी सामग्री र अंग्रेजी निबन्ध लेखनका किताबहरू तथा प्राक्टिस बुकहरू वितरण गरिएको हो।