कर्णालीको मुख्य प्रशिक्षकमा राईको निरन्तरता
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले कुमार राईलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबका अध्यक्ष र मुख्य प्रशिक्षक समेत रहेका राईकै प्रशिक्षणमा कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जितेको थियो। राईले नै तयार पारेकी खेलाडी राष्ट्रिय टोलीकी सदस्य सुमित्रा रेग्मीलाई यशविसले मार्की खेलाडीमा निरन्तरता दिएको छ।
