SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २ साउन २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

फ्रेन्ड्सले जावलाखेललाई हरायाे

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको दोस्रो खेलमा फ्रेन्ड्सले जावलाखेललाई ३-१ ले पराजित गर्यो । फ्रेन्ड्सको जितमा आर्यन काजी थापा, पुरन श्रेष्ठ र मन्दिप ढुङ्गेलले गोल गरे । जावलाखेलका लागि सुमित वाईबाले सान्त्वना गोल गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद