SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा दिने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पदभार ग्रहण गरेकी छन् । नवनियुक्त मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार सम्हालेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने पहिलो निर्णय गरेकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार