रोसिङटनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि इंग्ल्यान्डका अनुभवी विकेट किपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ। मंसिर १ गते सुरु हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरिएको पोखराले जनाएको छ। रोसिङटनले नेपालमा पहिलो पटक खेल्न लागेका हुन् ।
