SHARE
Samata Press · बिहीबार ११ मंिर २०८३ ०९:०८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृतक घोषणा गर्न सिफारिस

काठमाडौँ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत्युको घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ।  गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८‍औं बैठकले ४८ जिल्लाबाट यकीन भई आएका ३ हजार ९ सय १५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको हो। विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌‌मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने प्रावधान छ।  यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेश गर्न प्राधिकरणले दुई चरणमा सात दिने सूचना प्रकाशन गरेको थियो। त्यसैगरी, बैठकले सबैका लागि पूर्वसूचना (Early Warning for All) राष्ट्रिय मार्गचित्र २०८३-२०८७  लाई स्वीकृत गरेको छ।