नेपाल-चीन सीमावर्ती क्षेत्रमा भूकम्पको धक्का महसुस
काठमाडौं । नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै भुइँचालो गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबारअनुसार बिहान ४ः०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
