SHARE
ओएसनेपाल · बिहीबार ६ कात्िक २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन – मन्त्री घिसिङ

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पार्नुभएको छ । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।