पेस्तोलसहित शिवकुमार बिक पक्राउ
पाटन (ललितपुर) – ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
