काठमाडौं प्रहरीको स्वीप अपरेशन : २४ घण्टामा ७९ जना पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत पछिल्लो २४ घण्टामा ७९ जना पक्राउ परेका छन् । उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने उद्देश्यले काठमाडौं प्रहरीले स्विप अपरेशन सञ्चालन गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६७ जना पुरुष र १२ जना महिला पक्राउ परेका हुन् । सार्वजनिक सेवा प्रवाह हुने स्थान, सार्वजनिक स्थल र यातायातका साधनहरूमा सेवाग्राही तथा सर्वसाधारणमाथि हुने हातपात, हुलहुज्जत, दुर्व्यवहार बिरुद्ध निगरानी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान बहादुर थापाले बताए ।