SHARE
लोक पथ · बुधबार ५ कात्िक २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका कारण तिहारको बजार सुनसान, व्यापारीहरू निराश

काठमाडौं । तिहारको चौथो दिन फलफूल, माला र भाईमसला किन्ने भीडभाड हुने राजधानीका बजारहरू यस वर्ष सुनसान देखिएका छन् । जेनजी आन्दोलनका कारण बजारमा चहलपहल घटेपछि व्यापारीहरूले व्यापारमा ठुलो असर परेको बताएका छन् । बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानका अनुसार यस वर्षको व्यापार गत वर्षको तुलनामा निकै कमजोर छ ।