SHARE
अर्थ संवाद · शुक्रबार​ ७ कात्िक २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

पीताजी’को आँगनमा धरणी विमोचन र साहित्यिक विमर्श

कात्तिक ५, सिन्धुली । पानीपोखरी युवा क्लबको वार्षिक साहित्यिक प्रकाशन धरणीको चौथो अङ्क पिताजी कृष्णप्रसाद कोइरालाको पुर्ख्यौली घर धरिनडाँडा, दुम्जा, सिन्धुलीमा विमोचन भएको छ । मनोविश्लेषणवादी तथा अस्तित्ववादी साहित्य स्रष्टा विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रियस्तरको साहित्यक छविलाई आत्मसाथ गर्दै उनकै पुर्ख्यौली थलोमा सम्मानस्वरूप आफ्‌नो धरणीको चौथो अङ्क विमोचन गरिएको क्लबले जनाएको छ । दुम्जाली माटोमा हुर्किएका जागरण कवि धरणीधर कोइराला र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रम सुरुवात गरिएको थियो । सुनकोशी गाउँपालिका १ मा रहेको पानीपोखरी युवा क्लबले आफ्‌नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वार्षिक प्रकाशन गरी स्थानीयस्तरमा साहित्यिक सिर्जना प्रवर्द्धन र साहित्य लेखनमा प्रेरित गर्ने उद्देश्यले धरणीको प्रकाशन सुरु गरेको थियो । उक्त समारोहका सभाध्यक्ष क्लबका अध्यक्ष रोशन तोलंगे हुनुहुन्थ्यो ।