SHARE
ओएसनेपाल · मङगलबार ४ कात्िक २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला, कात्तिक ४ –खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ । देशभर तिहार पर्वको रौनकका बीच जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताउनुभयो ।