भक्तपुरमा नौ लाख २३ हजार नगदसहित २७ जना पक्राउ
भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
