SHARE
बासुरी खबर · मङगलबार ४ कात्िक २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टारकाे पाेल्टामा

मेलम्ची । भोटेचौरमा सम्पन्न तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्टार युवा क्लबले हात पारेको छ। आज भएको फाइनल खेलमा सृजनशील युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै योङ स्टारले उपाधि हात पारेको । उसले उपाधिसँगै १ लाख रुपैयाँ नगद समेत प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सृजनशील क्लबले ५० हजार रुपैयाँ पाएको छ ।