जेनजी आन्दोलनमा २३ अर्ब १९ करोड बढीको बीमा दाबी : भुक्तानी गर्ने र दाबी पर्नेमा सिद्धार्थ इन्स्योरेन्स पहिलो
काठमाडौं । देशभर जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण २३ अर्ब १९ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो (असोज २८ ) सम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी परेका छन् ।
