विश्वभरका युवाको असन्तुष्टि : ‘जेन जेड’ प्रदर्शनकारीले एन्डिज पर्वतदेखि हिमालयसम्म ल्याएको परिवर्तन
काठमाडौं । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनहरूको नयाँ लहर फैलिँदै गएको छ । सरकारहरूविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवाहरू सडकमा उत्रिएका छन् । पछिल्लो महिना नेपालमा सत्ता परिपर्तन भएपछि यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाए र देश त्याग्न बाध्य हुनुपर्यो ।
