SHARE
ओएसनेपाल · बुधबार २९ असो २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

नेपाल-ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २९ असोजः आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्र्तगत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ सुरु गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको हुन् ।