SHARE
हाम्रो खेलकुद · मङगलबार २८ असो २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

विश्व कराते छनोटमा ४ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ । एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद