SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

अख्तियारले अनुसन्धानका लागि लग्यो वीरगञ्ज फोहोर पानी प्रशोधन केन्द्रको कागजात

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकामातहत रहेको फोहर पानी प्रशोधन केन्द्रसँग सम्बन्धित कागजात अनुसन्धानका लागि लगेको छ । सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको उक्त केन्द्रबारे उजुरी परेको भन्दै आयोगको टोलीले आवश्यक कागजात संकलन गरेको हो ।