काठमाडौँ महानगरको ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ : ४५ वर्ष माथिका नागरिकलाई आवेदन दिन आह्वान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्ष माथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ। महानगरले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाश पश्चात पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो।
