SHARE
बासुरी खबर · बुधबार २९ असो २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

बाह्रबिसे ३ का दुई प्रतिष्ठित क्लवहरु बिच एन्फा कम्प्लेक्समा मैत्रीपूर्ण खेल हुने

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा स्थापना भई समाजसेवामा अघि बढिरहेको दुई क्लबहरू धार्पा युवा क्लब र बाह्रदेवी युवा क्लब बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । यी दुई टोली बीच यही असोज ३१ गते एन्फा खेल मैदान सातदोबाटोमा दिउँसो ३ बजे खेल हुने जनाइएको छ।