नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपको यात्रामा
काठमाडाैं । नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ । हालै जारी खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो ।
