अभयानन्दको स्थापना दिवस एवं क्याम्पस सभा सम्पन्न
नवलपुर । अभयानन्द शिक्षा क्याम्पस इन्द्रावती ५ ऐसेलुखर्कको १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभा सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले क्याम्पस सञ्चालन हुनु एकदमै गौरवको विषय भएको र बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरु को राज्यले दायित्व लिनुपर्ने धारणा राखे ।
