SHARE
बासुरी खबर · आइबार​ २६ असो २०८२ ०३:४४ PM · 1 मिनेट पढाइ

माथिल्लो भोटेकोसी कम्पनी एक महिना पछि सञ्चालनमा, स्थानीयलाई सेयर उपलब्ध गराउने सहमति

सिन्धुपाल्चोक । स्थानीयलाई सेयर उपलब्ध गराउने सहमतिपछि माथिल्लो भोटेकोसी कम्पनी सञ्चालनमा आएको छ । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी पावर कम्पनी आइतबार बेलुकादेखि सञ्चालन हुने पनि सहमती भएको हो । साथै उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि एक महिनादेखि बन्द पावरहाउस खुल्ने भएको हो ।