अन्योलमा कर्णाली सरकार : बजेट कार्यान्वयनमा नजाँदा विकास निर्माणका काम ठप्प, बस्नै सकेन मन्त्रिपरिषद्
सुर्खेत । भदौ २३ र २४ गते देशैभर चर्केको जेनजी प्रर्दशनबाट परिवर्तित राजनीतिक कोर्सका कारण कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनका लागि अन्योलमा परेको छ । जेनजी प्रर्दशनबाट तत्कालिन सरकार विघटन भई नयाँ अन्तरिम सरकार बनेपछि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयको पनि अभाव देखिएको छ ।
