पुष्प खड्का र स्मारिका ढकालको अभिनयमा ‘काली दह’ गीतले पायो चर्चा
काठमाडौँ। ओएसआर डिजिटल मार्फत भर्खरै सार्वजनिक भएको ‘काली दह’ बोलको नयाँ नेपाली गीतले यतिबेला चर्चा कमाइरहेको छ। अक्टोबर १० मा रिलिज भएको यो म्युजिक भिडियोले छोटो समयमै १७ हजारभन्दा बढी दर्शकको साथ पाएको छ। यस गीतमा युवापुस्तामा लोकप्रिय कलाकार पुष्प खड्का र स्मारिका ढकाल को मन छुने अभिनय देख्न सकिन्छ।
