ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी भोलि बैठक निरन्तर रहने छ । गौतमका अनुसार बैठक आइतबार बस्ने छ।
